रसुवा बाढीपीडितका लागि सल्यान हुलाकका कर्मचारीले दिए एक लाख ७२ हजार

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ आश्विन ७, बुधबार (१ हप्ता अघि)
  • १०१ पटक पढिएको

रसुवा बाढीपीडितका लागि सल्यान हुलाकका कर्मचारीले दिए एक लाख ७२ हजार

रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउन जिल्ला हुलाक कार्यालय सल्यानका कर्मचारीले एक लाख ७२ हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन ्।
गत भदौ १० गते रसुवागढी, भोटेकोशी नदी तथा आसपासका तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटाउँदै आएको छ । सोही क्रममा सचिव बैठकको निर्णयअनुसार राष्ट्रसेवक कर्मचारीबाट समेत सहयोग गर्ने व्यवस्था गरिएको थियो ।
यसैअनुसार जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यरत कर्मचारीको भदौ महिनाको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । जिल्ला हुलाक कार्यालय सल्यानका ५६ जना कर्मचारीको तलबबाट कट्टा गरिएको कुल एक लाख ७२ हजार ८ सय ७५ रुपैयाँ कोषमा जम्मा गरिएको हुलाक अधिकृत चिन्तामणि रेग्मीले जानकारी दिनु भयो ।
रेग्मीका अनुसार बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले कर्मचारीको तलबबाट रकम कट्टा गरी कोषमा जम्मा गरिएको हो । राष्ट्रसेवक कर्मचारीका तर्फबाट विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको उहाँले बताउनु भयो ।
रसुवामा आएको बाढीले मानवीय तथा भौतिक क्षति पु¥याएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत, अस्थायी आवास तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटिरहेको छ । विपद्का बेला राज्यका विभिन्न निकायमा कार्यरत कर्मचारीले आफ्नो तलबबाट समेत सहयोग गर्दै आएका छन ्।
जिल्ला हुलाक कार्यालय सल्यानका कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएसँगै बाढीपीडितको राहत तथा पुनःस्थापना कार्यमा केही सहयोग पुग्ने हुलाक अधिकृत रेग्मीले बताउनु भयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली