मतपत्र छपाइमा ढिलाइले सल्यान कांग्रेसको निर्वाचन मंगलबार हुने

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ आश्विन १२, सोमबार (१ हप्ता अघि)
  • ४९ पटक पढिएको

मतपत्र छपाइमा ढिलाइले सल्यान कांग्रेसको निर्वाचन मंगलबार हुने

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सल्यानको खलंगास्थित टुँडिखेलमा सोमबार हुने भनिएको प्रदेश सभा र महाधिवेशन प्रतिनिधिको निर्वाचन मंगलबारका लागि सरेको छ। मतपत्र छपाइमा भएको ढिलाईका कारण सोमबारको निर्वाचन स्थगित भएको हो ।

शनिबार तय भएको प्रदेश सभा र महाधिवेशन प्रतिनिधिको निर्वाचन अविरल वर्षाले सोमबार सारिएको थियो । सोमबार बिहानदेखि मतदान हुने तय भएपछि खलंगामा चहलपहल बढेको थियो । सोमबारको मतदान स्थगित भए पनि चहलपहल भने घटेको छैन ।

लगातार वर्षातका कारण तीन दिन विद्युत अवरुद्ध हुँदा मतपत्र छपाईमा ढिलाई भएको र आवश्यक तयारी नपुगेका कारण सोमबार हुने भनिएको निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत धिरेन्द्र सापकोटाले बताउनुभयो । प्रदेश सभा र महाधिवेशन प्रतिनिधिको निर्वाचन तथा मतदान कार्य मंगलबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुने उनले बताउनुभयो। बत्ती बेलाबेलामा गइरहने र रातिको समयमा मतदान गर्न असहज हुने भएकाले नै सबैको सल्लाह अनुसार सोमबारको कार्यक्रम स्थगित गरिएको उहाँले बताउनु भयो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली