सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया बालिका घाइते

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८३ कार्तिक १३, बिहिबार (१ हप्ता अघि)
  • ९४ पटक पढिएको

सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया बालिका घाइते

सल्यानको दार्मा गाउँपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक बालिका घाइते भएकी छन्।
दार्मा गाउँपालिका–२ ओझाबाङकी १७ वर्षीया बिन्दु रोकाय घरनजिकैको जंगलमा दाउरा काट्न गएका बेला बिहिबार बिहान जङ्गली बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी अनुसार आक्रमणबाट रोकायको छाती र दाहिने खुट्टाको साप्रामा चोट लागेको छ। उनको रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक इशोर रोकायले जानकारी दिनुभयो । उहाँका अनुसार उनको अवस्था मध्यम रहेको छ।
जंगलमा दाउरा काट्न गएका बेला जङ्गली जनावरको आक्रमणमा परेपछि स्थानीय क्षेत्रमा वन्यजन्तुको जोखिमबारे चासो बढेको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली