
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सल्यानमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित हुनुभएको छ। मल्लले २३ हजार १८९ मत प्राप्त गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललित कुमार चन्द ले २० हजार ९०४ मत प्राप्त गर्नुभएको छ। चन्दलाई मल्लले २ हजार २ सय ८५ मतान्तरले पराजित गर्नुभएको हो ।
यस्तै नेपाली कांग्रेस का केशबहादुर विष्ट ले १७ हजार ५५८ मत, नेकपा (एमाले) का गुलाब जंग शाह ले १५ हजार ३७३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी की अनिषा नेपाली ले ९०२ मत प्राप्त गर्नुभएको छ। मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले सार्वजनिक गर्नुभएको अन्तिम मत परिणामअनुसार मल्ल निर्वाचित हुनुभएको हो। यस निर्वाचनमा कुल ८३ हजार १७६ मत खसेको थियो । जसमध्ये ७९ हजार ७०९ मत सदर भएका छन् भने ३ हजार ४५८ मत बदर भएका छन्।निर्वाचन परिणाम सार्वजनिक भएसँगै मुख्य निर्वाचन अधिकृत योगीले आजै मल्ललाई विजयी प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
