रास्वपा सल्यानको सभापतिमा प्रकाश नेपाली सर्वसम्मत

  • मेरो जिल्ला
  • / राजनीति /
  • २०८३ जेष्ठ २४, आईतबार (१ महिना अघि)
  • १०१ पटक पढिएको

रास्वपा सल्यानको सभापतिमा प्रकाश नेपाली सर्वसम्मत

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सल्यानको प्रथम जिल्ला अधिवेशनले प्रकाश नेपालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। निर्वाचित कार्यसमितिको उपसभापतिमा टिकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिवमा हिरायोगी तथा कोषाध्यक्षमा सीता मल्ल चयन हुनुभएको छ। सदस्यहरूमा प्रेमबहादुर चलाउने, रुपलाल बुढा, रमेशबहादुर वली, पुष्कर चलाउने, तुलसा खत्री, शेरबहादुर केसी, केशवराज केसी, राजु सुनार र रुद्रमणी शर्मा निर्वाचित हुनुभएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सल्यान जिल्ला कमिटी सदस्य तथा जिल्ला विभाग ९च्ब्त्० प्रमुख संयोजक लोकनाथ योगी र संगठन विभाग प्रमुख रुद्रमणी शर्मा रहनुभएको छ। सल्यान सदरमुकाम खलंगामा सम्पन्न अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य खिमा विकले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सुशासनमा आधारित समृद्ध नेपाल निर्माणका लागि जनताले रास्वपालाई जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसअनुसार काम गर्नुपर्ने बताउनुभयो। पार्टीभित्रका विविध विचार र भावनालाई समेटेर नेतृत्व विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले सल्यानको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले बोलीलाई व्यवहारमा उतारेर मात्र जनताको विश्वास जित्न सकिने बताउँदै अहंकार र घमण्ड त्यागेर जनताको सेवामा समर्पित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो। कार्यक्रममा रास्वपा कर्णाली प्रदेश उपसभापति प्रेम बोहराले देशलाई समृद्ध र विकासशील राष्ट्रका रूपमा अघि बढाउनु पार्टीको मुख्य लक्ष्य रहेको बताउनुभयो। कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले सम्पन्न भएकाले तिनको उचित उपयोगमार्फत विकास सम्भव रहेको उहाँको भनाइ थियो।

प्रदेश महामन्त्री ललित चन्दले रास्वपा केवल राजनीतिक दल नभई रूपान्तरणको अभियान भएको उल्लेख गर्दै सुशासन स्थापना, विकृति–विसङ्गतिको अन्त्य तथा सामाजिक न्याय कायम गर्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको बताउनुभयो। उहाँले सल्यानमा गत प्रतिनिधिसभा निर्वाचनमा जनताले रास्वपालाई पहिलो दल बनाएकाले जिल्लाको विकासमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो।

कार्यक्रममा रास्वपाका नेता टोपेन्द्र केसी, केवल गिरी, हरि केसी, समीर न्यौपाने तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रमेश गौतमलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।  जिल्ला सभापति प्रकाश नेपालीको सभापतित्वमा सम्पन्न अधिवेशनको सञ्चालन जिल्ला सचिव श्रीकान्त राईले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला संगठन विभाग प्रमुख अर्पण राईले राख्नुभएको थियो।

आयोजकका अनुसार अधिवेशनमा जिल्लाभरबाट आएका २४० जना प्रतिनिधिको सहभागिता रहेको थियो। अधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली