रास्वपाको बागचौर नगरपालिकामा पार्टी विस्तार,सभापतिमा विजय वली

  • मेरो जिल्ला
  • / रा.स्व.पा. /
  • २०८२ श्रावण १०, शनिबार (८ महिना अघि)
  • ४७० पटक पढिएको

रास्वपाको बागचौर नगरपालिकामा पार्टी विस्तार,सभापतिमा विजय वली

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सल्यानको बागचौर नगरपालिकामा पार्टी विस्तार गरेको छ । शनिवार बागचौर नगरपालिकाको बागचौरमा प्रथम नगरभेला आयोजना गर्दै पार्टीले आफ्ना गतिविधिलाई विस्तार गरेको हो । पुराना राजनितिक दलप्रति नागरिकको बढ्दै गएको बितृष्णा र नयाँ दलप्रतिको आसालाई साकार पार्न भन्दै रास्वपाले नगर कमिटि नै गठन गरेको जनाएको छ ।

भेलाले नगर सभापतिमा विजय वली, उपसभापतिमा दिपक वली, सचिवमा भरत संगम परियार, सहसचिवमा तिलक केसी र कोषाध्यक्षमा विमला कुमारी वलीलाई चयन गरेको छ । यस्तै बागचौर नगरपालिका १०, ११ र १२ नम्बर वडामा पनि वडाकमिटि गठन गरिएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय मानव विकास प्रवद्र्धन विभागका सह–संयोजक पवनराज देवकोटा, प्रदेश महामन्त्री ललित चन्द लगाएतले बोल्नुभएको थियो । पार्टी जिल्ला सभापति प्रकाश नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टी सचिव श्रीकान्त राईले गर्नुभएको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली